आज २०७९ साल जेठ ३१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ ३१ गते मंगलबारको राशिफल


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ ३१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : दिन सामान्य राम्रो छ। अध्ययन अध्यापनमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : दिन राम्रो छ। मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : दिन राम्रो छ। सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ।

तुला : दिन राम्रो छ। आर्थिक कठिनाइ भए पनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदा हुनेछ।

वृश्चिक : दिन सामान्य छ। बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : दिन राम्रो छ। प्रशंसा बढ्नेछ। शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ।

मकर : दिन सामान्य राम्रो छ। दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : दिन सामान्य राम्रो छ। शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्र सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

मिन : सबै क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुनेछ। जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : ०५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्