यसै वर्षबाट किसानलाई पेन्सन दिइने : मन्त्री यादव | Khabarhub Khabarhub

यसै वर्षबाट किसानलाई पेन्सन दिइने : मन्त्री यादव


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् । 

मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ । 

किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : २२ बजे

पण्डित कमेडियन, जो आफैँलाई सिस्नो हान्न हौसिन्छन्

काठमाडौं – विदुर खनाल कमेडीमा उदीयमान प्रतिभा हुन् । कमेडीसँगै

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन– मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा

महिनावारी हुँदा किन पेट दुख्छ ?

सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र

प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै

काठमाडौँ– धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै

सुपर लिग : आज वीरगञ्ज र झापा भिड्दै

काठमाडौं– नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँ