ज्याक्विनको जोडी लेडी गागा ? « Khabarhub

ज्याक्विनको जोडी लेडी गागा ?


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ ।  फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलिय अ डिउक्स’ लग लाइन भएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । 

यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।
सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । ज्याक्विन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलिय अ डिउक्स’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’  सिक्वेलमा पनि ज्याक्विन नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्। निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ । 

 फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलिय अ डिउक्स’ भनिएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ । 

जोकरको सिक्वेल बन्ने खबरले फ्यान उत्साहित भएका छन । निर्देशक फिलिप्सले पनि सिक्वेल बनाउनुमा आफैँमा चुनौती रहेको बताएका छन् । ‘सिक्वेल दर्शकको डिमान्ड हो । यद्यपि उनीहरूको अपेक्षा पुरा नभए निकै क्षति हुन् सक्छ । त्यसैले मेहनत गरिरहेका छौँ’ निर्देशक फिलिप्सले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि