ज्याक्विनको जोडी लेडी गागा ? | Khabarhub Khabarhub

ज्याक्विनको जोडी लेडी गागा ?


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ ।  फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलियडिउक्स’ लग लाइन भएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । 

यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।
सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । ज्याक्विन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलियडिउक्स’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’  सिक्वेलमा पनि ज्याक्विन नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्। निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ । 

 फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’ को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलियडिउक्स’ भनिएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमान अनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ । 

जोकरको सिक्वेल बन्ने खबरले फ्यान उत्साहित भएका छन । निर्देशक फिलिप्सले पनि सिक्वेल बनाउनुमा आफैँमा चुनौती रहेको बताएका छन् । ‘सिक्वेल दर्शकको डिमान्ड हो । यद्यपि उनीहरूको अपेक्षा पुरा नभए निकै क्षति हुन् सक्छ । त्यसैले मेहनत गरिरहेका छौँ’ निर्देशक फिलिप्सले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले