एकै दिन ३६ अङ्कले घट्यो नेप्से | Khabarhub Khabarhub

एकै दिन ३६ अङ्कले घट्यो नेप्से


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परिसूचक उच्च अङ्कले घट्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकै दिन ३६ अङ्कको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अङ्कले घटेर १९ सय अङ्कको बिन्दुमा आइपुगेको हो ।

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अङ्कमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अङ्कमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अङ्कको गिरावटसँगै ३८३ अङ्कमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक उच्च अङ्कले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अङ्कको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अङ्कको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अङ्क, विकास बैंक समूह ७६ अङ्क, उत्पादनमूलक समूह ६७ अङ्क, जलविद्युत समूह ६६ अङ्कले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अङ्कले घट्दा अन्य समूहमा ५१ अङ्कको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अङ्कले घट्दा वित्त समूहमा ३२ अङ्कको गिरावट आएको छ । मंगलबार बजार उच्च अङ्कले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ०२ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा