बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन : अर्थमन्त्री शर्मा « Khabarhub

बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन : अर्थमन्त्री शर्मा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनधिकृत व्यक्ति प्रवेश गराएर करको दररेट परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ ।

जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरूले विरोध जनाइरहेका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराई बोलिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ५९ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै