अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग | Khabarhub Khabarhub

अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद् बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ३० बजे

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथामा

सोलुखुम्बु – पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

अस्ट्रेलिया – भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान राखेको

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

गलकोट– विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीन

आज देशभरको मौसम सफा रहने  

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

बझाङ – गएराति बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार