पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध  | Khabarhub Khabarhub

पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ प्रदर्शनको तयारीमा छ । ‘राम कहानी’ बाट स्क्रिनमा जोडी बनेका पूजा र आकाशले त्यसपछि धेरै फिल्ममा अभिनय गरेका छन् । त्यस मध्येकै एक हो, ‘सम्झना बिर्सना’ ।’म यस्तो गीत गाउँछु’ सफल भएपछि नायक पल शाहसँग सम्बन्ध बिग्रिएपछि आकाश ‘राम कहानी’ मा भित्रिएका हुन् । चकलेटी अनुहार खोजिरहेको टिमलाई कसैले आकाश बारे सुझाएपछि टिमअप भयो । टिमअपसँगै पूजा र आकाशको मित्रता र अफेयरको गसिप बन्न थाल्यो । 

यो जोडी पनि फिल्मसँगै म्युजिक भिडियोमा देखिन थाल्यो । यद्यपि उनीहरूले मिडियासामु आफ्नो सम्बन्धलाई कहिले स्वीकार गरेनन् । तर, माया कहाँ लुक्छ र १ उनीहरु बीच यस्तो कुनै लक्षण थिएनन् जसले उनीहरु प्रेममा नभएको संकेत गरोस् । किनकी उनीहरु आफ्नो फिल्म भन्दा बाहिरको इभेन्टमा पनि सँगै पुग्थे । पूजालाई समस्या पर्दा खोजिने नाम आकाश नै थ्यो । तर, यतिबेला यो जोडीको सम्बन्ध हार्दिक छैन । पछिल्लो समय यो जोडीको सम्बन्धको प्रस्ट्याउने झल्क देखियो एक छायांकनमा‘संझना बिर्सना’ असारको ३१ गतेबाट रिलिज हुँदैछ । यो फिल्म जेठ ६ गते नै रिलिज हुनुपर्ने हो, तर हुन सकेन । यसको फाइदा उठाउँदै यसको निर्माणपक्षले एउटा गीतको छायांकन गरेको छ ।

जहाँ पूजा र आकाशको बिग्रिएको सम्बन्ध प्रस्टियो । एक क्लब पश्चात भक्तपुर दरबार स्क्वायर फिल्मको गीतको छायांकन भयो । छायांकनको अन्तिम दिन सञ्चारकर्मीलाई समेत रिपोर्टिङमा निम्त्याइयो । छायांकनमा आकाश र पूजाको चिसिएको सम्बन्ध छताछुल्ल भयो । सेटमा रहेका मानिसका अनुसार दुवैले सुटिङमा राम्रोसँग एक अर्कालाई सघाउँदै सघाएनन् । दुवैको एक अर्कासँग बोलचाल पनि बन्द रहेको देखिएको थियो । यसको असर गीत सार्वजनिक हुँदा प्रत्यक्ष देखिने सुटिङ सेटमा रहेका मानिसको ठहर थियो । 

छायांकनका क्रममा पूजा र आकाश एक अर्काको अँगालोमा देखिए । तर, कोरियोग्राफर रामजी लामिछानेले कट भन्ने बित्तिकै पूजा र आकाश आफ्नो सुरमा लाग्थे । उनीहरूबीच खासै कुराकानी पनि भएन । गीत छायांकन गर्दा कहिले आकाश त कहिले पूजाको क्लोजअप सिन खिचिन्थ्यो । आ-आफ्नो सिन खिचेपछि दुवै अपरिचित झैं बेग्ला बेग्लै बस्थे । न हेराहेर छ न बोलचाल । गीत छायांकनकै क्रममा दुवैले एकसाथ गीतमा नृत्य गर्ने पालो आयो । कोरियोग्राफर लामिछानेका दुई असिस्टेन्टले आकाश र पूजालाई डान्स स्टेप सिकाए । उनीहरूले एकअर्काको मुख नहेरी डान्स स्टेप फलो गरे ।

कहिले पूजा र आकाशको डान्स स्टेप बिग्रिन्थ्यो त कहिले प्राविधिक कुरा मिल्दैन थियो । उनीहरूले न एकअर्कालाई हेर्नु छ न त केही बोलचाल छ । डान्स स्टेप बिग्रँदा उनीहरूले एकअर्कालाई सहयोग पनि गरेनन् । त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो उनीहरु बाध्यताले एकसाथ काम गरिरहेका छन् र उनीहरु एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन् । यो फिल्म मात्र होइन आउने केही समय पश्चात दुवैले ‘सम्हालिन्छ कहिले मन’ पनि सँगै प्रमोट गर्नुछ । निकै धुमधामका साथ छायांकन गरिएको फिल्मको प्रमोसनमा पूजा र आकाशले के गर्लान् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ३८ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति