देश सम्हाल्न श्रीलंकाको सेना र प्रहरीलाई आदेश « Khabarhub

देश सम्हाल्न श्रीलंकाको सेना र प्रहरीलाई आदेश


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश भएको छ। श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका हुन्।

उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील गरेको छ।

आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार देश छाडेर भागेका थिए।

राष्ट्रपति देश छोडेर भागेपछि कार्यवाहक राष्ट्रपति बनेका विक्रमासिंघेले देशभर कफ्र्यूको घोषणा गरेका छन्।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : २० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम