त्रिदेशीय शृंखला : स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित « Khabarhub

त्रिदेशीय शृंखला : स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ ।

नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ ।

टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३० रनमा अविजित रहे । नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए ।

स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए । यस्तै, आद्रियन नेइल र रिची बेरिङटनले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइको स्कटल्यान्ठले ४२.५ ओभरमा १४४ रनमा अलआउट भएको थियो ।

लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाएका थिए । उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए । यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका सोमपाल कामी र आदिल आलमले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ६ : २५ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र