मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : ५९ बजे

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित पर्यटन विभागका एकजना निर्देशक

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल 

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो

काठमाडौं – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक : सङ्ख्या वृद्धिसहित सिट निर्धारण

काठमाडौं– चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको