जोगिन्दरले ल्याए ‘गठबन्धन’ (भिडिओसहित) « Khabarhub

जोगिन्दरले ल्याए ‘गठबन्धन’ (भिडिओसहित)


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘गाईजात्रा’ हास्य व्यंग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै गाईजात्रे सामाग्री ल्याइने गरिन्छ । विशेष हास्य विधामा सक्रिय कलाकारहरुले यस पर्वलाई उत्साहका साथ मनाउने गरेका छन् । पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याउने जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकर रिजालले आउँदो गाईजात्रालाई लक्षित गर्दै ‘गठबन्धन’ नामक गाईजात्राको कोसेली ल्याएका छन्।

पछिल्लो समय ‘जोगिन्दर मुखियाजी’ कार्यक्रम ल्याइरहेका उनले गाईजात्रामा जोगिन्दर बनेर नै दर्शक समक्ष प्रस्तुत हुनेछन् । २०५९ सालमा पहिलोपटक गाईजात्राको क्यासेट निकालेका जोगिन्दरले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् ।‘हाम्रो कर्म नै यहीँ हो । हास्यकलाकारहरूका लागि गाईजात्रा उत्सव हो । महान् पर्व हो । त्यसैले यसलाई लक्षित गर्दै कर्म गर्न छोड्दिन’ उनले भने ।

पछिल्लो समय गाईजात्रा लक्षित सामग्रीहरू निकै कम आउने गरेका छन् । तर , जोगिन्दर यसलाई निरन्तरता दिनेमा अगाडि छन् । ‘यसपटक भिडियो सामाग्रीसँगै मोफसलमा स्टेज शोहरु पनि छन् । दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न विभिन्न स्थानमा समेत आउँदैछौँ’ उनले भने । उनलाई केही स्थानमा पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन् ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्को मूल्यवृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्ध लगायत निकै मार्मिक विषयहरू उनले यो वर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् । भरपुर प्रहसन समेत रहेको कोसेलीमा गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् ।

प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा  माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई व्यंग्यको बिषयमा समेटेका छन् । ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजालसँगै दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेम शर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की लगायतको अभिनय देख्न सकिन्छ ।

गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यो भन्दा अगाडि उनले ल्याएको उनले ‘लकठाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो । ‘पहिले यो पर्वमा थुप्रै  व्यंग्यका कोसेली आउँथ्यो । अहिले आउँदैन’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ३० बजे

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले