यम बुद्धको सालिक बनाउने मेयर बालेनको निर्णय स्वागतयोग्य  : उपाध्यक्ष पौडेल « Khabarhub

यम बुद्धको सालिक बनाउने मेयर बालेनको निर्णय स्वागतयोग्य  : उपाध्यक्ष पौडेल


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यम बुद्धको सालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् ।

यम बुद्धको सालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख शाहले काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धका सालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । सालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

सालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।

सालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरूले पनि आलोचना गरेका थिए । तर बुधबार प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार दिएपछि उपाध्यक्ष पौडेलले सालिक बनाउने निर्णयको स्वागत गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १ : ०२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले