समुन्द्रले ‘गुलाबी’ निर्देशन गर्ने « Khabarhub

समुन्द्रले ‘गुलाबी’ निर्देशन गर्ने


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक समुन्द्र भट्टले ‘गुलाबी’ निर्देशन गर्ने भएकी छिन्। क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले ‘आधा पेज’ फिल्म निर्देशन गरेकी थिइन् । केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छिन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।

प्री प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिर बाहेक अन्य कलाकारहरुको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको बुझिएको छ ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । फिल्मलाई आलोक शुक्लाले खिच्नेछन् । फिल्मले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन । यद्यपि ‘गुलाबी’ नामले पारलैङ्गिक कथा उठाउन लागेको झलक दिन्छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १ : ५९ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको