बहुवर्षीय योजना अन्तर्गतका ६ आयोजना सम्पन्न « Khabarhub

बहुवर्षीय योजना अन्तर्गतका ६ आयोजना सम्पन्न


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएका ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ ।  ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५.५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो । हेटौँडाको राप्ती नदीमा हेटौँडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख २० हजार २३३ रुपैयाँको लागतमा सम्पन्न भएको निर्देशनालयले जनाएको छ । 

यसैगरी मकवानपुरकै भीमफेदी कुलेखानी १५.५ किलोमिटर सडक खण्ड पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त सडक खण्डको लागत रकम रु ३५ करोड ३० लाख ६१ हजार ७८७ रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिनुभयो । यसैगरी निर्देशनालयले ४ वटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको छ । नुवाकोटको बेँसीकठेरीमा तादी पाँच र पञ्चकन्या दुई जोड्ने झोलुङगे पुलको लागत एक करोड ५० लाख ७७ हजार ५८२ रहेको प्रवक्ता ओझाले बताए । यस्तै नुवाकोटकै टुप्तेश्वर ३ र ४ जोड्ने बिमिरे माझगाउँ झोलुङगे पुल रु ६४ लाख ८३ हजार १९० मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उनले बताए ।

 मकवानपुरको भीमफेदी ८ ईपा खोलामा  ७६ लाख ३५ हजार ३११ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ मा रु ५५ लाख २४ हजार ४४३ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएको प्रवक्ता ओझाले जानकारी दिए । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल