परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता « Khabarhub

परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उक्त अनियमितता औंल्याएको छ । महालेखाले गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणमा ४० वटा नियोगलाई समेटेको छ जसमा ३० दूतावास, ७ महाबाणिज्यदूतावास र ३ स्थायी नियोग छन् । 

महालेखाको प्रतिवेदनअनुसार सो आर्थिक वर्ष परराष्ट्रले नियोगहरूलाई ४ अर्ब २५ करोड १ लाख रुपैयाँ निकासा गरेको थियो । निकासा गरेकोमध्ये ४ अर्ब २३ करोड ९६ लाख रुपैयाँ खर्च भएको विवरण परराष्ट्रले बुझाएको थियो । तर नियोगहरुले पेस गरेको वित्तीय विवरणमा ३ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

‘नियोगमा रकम पठाएको आधारमा मन्त्रालयले खर्च प्रविष्टि गर्ने तर यथार्थमा सबै रकम नियोगमा खर्च भई नसक्ने कारण मन्त्रालयले नियोगहरूको वित्तीय विवरणमा उल्लेख भएभन्दा ४१ करोड ८ लाख बढी खर्च जनाएको छ,’ प्रतिवेदनमा महालेखाले भनेको छ । 

नियोगहरूले खर्च गर्न नसकेको रकमलाई पनि परराष्ट्र भने खर्च भएको भनी देखाएको छ । परराष्ट्रले ४० नियोगलाई आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक निकासा दिँदा सोहीबमोजिम बाँकी रकम कट्टा गर्नुपर्नेमा ३९ करोड ८१ लाख मात्र कट्टी गरेको छ ।

‘विनिमय दर फरक परेको कारण निकासा फिर्ता गर्नुपर्ने रकम र फ्रिज कट्टी गरेको रकमबीच २ करोड ३२ लाख रुपैयाँ फरक देखिएको छ,’ प्रतिवेदनमा महालेखाले औंल्याएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणमा ३९ नियोगले आफ्नो कूल राजस्व १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ उल्लेख गरेका छन् । फ्रिज रकम ४८ करोड ६१ लाख कट्टा गर्दा खुद राजस्व एक अर्ब २६ करोड ४८ लाख हुन आउँछ । 

प्रतिवेदनमा महालेखाले स्पष्ट शब्दमा भनेको छ, ‘तर नियोगहरुबाट पेस भएको वित्तीय विवरणअनुसार एक अर्ब ४८ करोड ७२ लाख राजस्व संकलन भएको देखिएको छ । लेखाङ्कनको अवधि फरक र विनियम दर परिवर्तनका कारण केन्द्रीय वित्तीय विवरण र नियोगहरूको वित्तीय विवरणमा २२ करोड २४ लाख रुपैयाँ फरक देखिएको छ ।’ 

ओमान, बहराइन, इजिप्ट र अबुधाबीमा रहेका चार वटा नेपाली नियोगले घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरणमा समावेश गरेका छैनन् । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा