'एम अधिकारी' प्रकरणमा एमालेले मुख खोल्यो | Khabarhub Khabarhub

‘एम अधिकारी’ प्रकरणमा एमालेले मुख खोल्यो


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय चर्चामा रहेको एम अधिकारी प्रकरणमा एमालेले स्पष्टीकरणपत्र सार्वजनिक गरेको छ । बिहीबार एमालेले एक पत्र सार्वजनिक गर्दै आफ्नो अर्थ तथा योजना विभागको सदस्यमा उल्लेखित एम अधिकारी नाम राष्ट्र बैंकका गभर्नरको नभएको स्पष्टीकरण दिएको हो ।

पछिल्लो एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै भएको भन्दै एमाले र गभर्नरको चर्को आलोचना भइरहेको छ । आलोचना बढेपछि एमालेले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै विभागको सदस्यमा उल्लेखित नाम अरु कसैको भएको तर गभर्नर अधिकारीको नभएको स्पष्ट पारेको हो ।

यद्यपी गभर्नर अधिकारी एमालेनिकट रहेकाले उनी नै एम अर्थात महाप्रसाद अधिकारी भएको भन्दै आलोचना रोकिएको छैन । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा अर्थ विभागको सदस्यमा उल्लेखित एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको हुन् । साथै उनले सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीलाई पार्टीको विभागमा नराखिएको पनि दाबी गरेका छन् ।

यसका साथै गभर्नर अधिकारीले पनि यस विषयमा आफ्नो स्पष्टीकरण पेश गर्दै आफू एमालेको अर्थ विभागमा नरहेको बताएका छन् । यस विषयमा सो विभागका संयोजक घनश्याम भुसालले पनि सामाजिक सञ्जालमा एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेका थिए ।

केही समयअघि मात्रै बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर रेट मिलाएको समाचार बाहिरिएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।

त्यसअघि अर्थतन्त्र खस्किदै गएको आरोप लगाउँदै अर्थमन्त्रीकै सिफारिसमा मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । तर गभर्नर अधिकारीले पुनबर्हालीको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गराएपछि उनकै पक्षमा फैसला आउँदा उनी नियमित काममा फर्केका थिए ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको व्यक्तिगत लडाईका कारण यो विषय पछिल्लो समय निकै चर्चामा रहेको हो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : ४० बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी