त्रिविको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन « Khabarhub

त्रिविको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

बैठकले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्ने विषयमा छानबिन समिति गठन गर्न पनि निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तिले छानबिन समितिको प्रतिवेदन समितिमा पेस गर्न पनि निर्देशन दिए। उनले विश्वविद्यालयको प्रश्न पत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगायत सबै पदाधिकारीले लिनुपर्ने जिकिर गरे।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए। देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए। प्रश्न पत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरूमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्न पत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए। उनले हुबहु प्रश्न पत्र बाहिर आएपछि केही विषयहरूको परीक्षा पुन गर्ने निर्णय गरिएको जिकिर गरे।

बैठकमा समिति सदस्यहरूले प्रश्न पत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए । अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्न पत्र अघिल्लो वर्षको प्रश्न पत्रसँग हुबहु मिलेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : ४१ बजे

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना