त्रिविको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन | Khabarhub Khabarhub

त्रिविको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

बैठकले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्ने विषयमा छानबिन समिति गठन गर्न पनि निर्देशन दिएको छ । समिति सभापति जयपुरी घर्तिले छानबिन समितिको प्रतिवेदन समितिमा पेस गर्न पनि निर्देशन दिए। उनले विश्वविद्यालयको प्रश्न पत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगायत सबै पदाधिकारीले लिनुपर्ने जिकिर गरे।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए। देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए। प्रश्न पत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरूमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्न पत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए। उनले हुबहु प्रश्न पत्र बाहिर आएपछि केही विषयहरूको परीक्षा पुन गर्ने निर्णय गरिएको जिकिर गरे।

बैठकमा समिति सदस्यहरूले प्रश्न पत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए । अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्न पत्र अघिल्लो वर्षको प्रश्न पत्रसँग हुबहु मिलेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : ४१ बजे

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं– काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक

अहिंसा महोत्सव आगामी भदौमा 

काठमाडौं– नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन

विधायन व्यवस्थापन समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

काठमाडौं– राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका

‘महाभोज’मा बचत ठगिएर ज्यान गुमाउने महिलाको भूमिकामै देखिँदैछिन् सहकारी पीडित बसुन्धरा

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने फिल्म ‘महाभोज’मा वरिष्ठ