कश्मीरमा आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त « Khabarhub

कश्मीरमा आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै भारत प्रशासित जम्मु कश्मीरमा सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले आतंककारीहरुले कश्मीर उपत्यकामा आक्रमणहरु बढाइरहेको भन्दै त्यहाँ मानवको रगत र मानवीयता सस्तो भएको समेत टिप्पणी गरे ।

‘इस्लाम, साँच्चै भन्दा, हरेक धर्मले हरेक मानिसको सुरक्षामा जोड दिन्छ । यदी कुनै समस्या छ भने समाधानका लागि रगत बगाउनु मानवताको विरुद्धमा छ ।’ उनले भने ।

उनले कश्मीर उपत्यकामा काम गर्ने मानिसहरुको सुरक्षाको जिम्मा स्थानीय जनताको पनि भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : २० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी