राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न डिपिआर तयार « Khabarhub

राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न डिपिआर तयार


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । चालु आवमा वडाले दिएको तीन लाख बजेटबाट ‘डिपिआर’ बनाइएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले जनाएको छ । ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ ले ‘डिपिआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए ।

‘डिपिआरमा रु १६ करोडको लागत अनुमान छ, त्यो बढेर २० करोडसम्म पुग्न सक्छ’, उनले भने, ‘अब लगानीका स्रोत जुटाएर पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउँछौँ ।’ ‘डिपआर’मा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना समेटिएका छन् । अध्यक्ष थापाका अनुसार १७ रोपनी क्षेत्रफलमा संरचना बनाइनेछ । 

‘सबै राष्ट्रिय विभूतिका सालिक राखेर त्यसलाई उद्यानमा रुपमा विकास गर्ने योजना छ’, उनले भने, ‘मनकामना मन्दिर, फोहोरासहितका पोखरी, कटेज, हेलिप्याडलगायत संरचना बन्छन् ।’अध्यक्ष थापाले टुक्रे योजना र बजेटले राम्चेढुङ्गाको पर्यटन विकासमा अपेक्षित उपलब्धि हासिल हुने नदेखिएपछि ‘डिपिआर’मार्फत काम अघि बढाउन लागिएको बताए। 

पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसार अभावमा राम्चेढुङ्गा ओझेलमा छ । पछिल्लो समय केन्द्र र स्थानीयको सक्रियतामा राम्चेढुङ्गा विस्तारै गन्तव्यस्थलका रुपमा उजागर भइरहेको छ । यसअघि गलकोट नगरपालिकाको रु १० लाख बजेटबाट सडक, पदमार्ग, खेल मैदान, वनभोजस्थल, शौचालय, घेराबारलगायतका काम गरिएको थियो ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट विनियोजित रु ११ लाख बजेटबाट सांस्कृतिक सङ्ग्रहालय भवन पनि बनेको छ । ‘डिपिआर’ मार्फत राम्चेढुङ्गाको दिगो र व्यवस्थित विकास अघि बढेमा जनस्तरबाट पनि सहयोग जुट्नेमा केन्द्र विश्वस्त छ । 

केही प्रवासी नेपाली पनि लगानीका लागि इच्छुक देखिएका छन् । मनोरम भूबनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन त्यहाँको मुख्य आकर्षण हो । गाउँको उत्पादन, कला र संस्कृतिले पनि राम्चेढुङ्गा पुग्ने आगन्तुकलाई लोभ्याउँछ ।

समुन्द्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा ‘प्याराग्लाइडिङ’ का लागि पनि उपयुक्त मानिएको छ । वडा कार्यालयको पहलमा तीन वर्षअघि ‘प्याराग्लाइडिङ’को सफल परीक्षण उडान गरिएको थियो । राम्चेढुङ्गा नजिकको गाउँ टोक्रीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनको लागिसमेत पहल अघि बढाइएको छ ।

वडाध्यक्ष राजबहादुर थापाले राम्चेढुङ्गाको विकासमा पहिले स्थानीय नै कस्सिनुपर्ने धारणा राखे । ‘पर्यटनमा सबैको हातेमालो चाहिन्छ, राज्यका निकायले पनि लगानी बढाउनुपर्छ’, उनले भने, ‘डिपिआरमा टेकेर पर्यटकीय पूर्वाधार खडा गरेमा राम्चेढुङ्गा जिल्लाकै आकर्षक गन्तव्यस्थल बन्छ ।’ उनले ‘डिपिआर’ कार्यान्वयनका लागि आर्थिक स्रोतको जोहो नै मुख्य चुनौती रहेको भन्दै वडाका तर्फबाट लगानी भित्र्याउन पहल गरिने प्रतिबद्धता जनाए। 

यसै पनि गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको राम्चेढुङ्गालाई बृहत्तर विकास गरी देशमै चिनाउने लक्ष्य केन्द्रले लिएको छ । राम्चेढुङ्गालाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने गरी पदमार्ग पनि बनिरहेको छ । एकीकृत पर्यटन विकास योजनाले राम्चेढुङ्गाको मुहार फेरिनेमा स्थानीय आशावादी छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट पाँच किमी कच्ची सडकको मोटर यात्रामा राम्चेढुङ्गा पुग्न सकिन्छ । पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन् । 

त्यहाँ पुग्दा देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ । गलकोट उपत्यका पनि राम्चेढुङ्गाबाट मनमोहक देखिन्छ । राम्चेढुङ्गा पुग्दा आसपासमा पर्ने गलकोट दरबार, गाईघाट झरना, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय लगायतलाई पनि गन्तव्य बनाउन सकिन्छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ८ : २३ बजे

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको