बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का « Khabarhub

बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो ।

प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

खाद्य निरीक्षक तथा खाद्य विज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्डसम्बन्धी केही बुँदामा सुधार गर्न आवश्यक देखिएकाले सुधार नभएसम्मका लागि उक्त उद्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन् ।

उनले उक्त उद्योगबाट खाद्य ऐनअनुसार नमूना सङ्कलन गरी अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको बताउँदै आम उपभोक्तालाई पानीलगायतका खाद्य वस्तु खरिद गर्दा सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै