बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का « Khabarhub

बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो ।

प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

खाद्य निरीक्षक तथा खाद्य विज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्डसम्बन्धी केही बुँदामा सुधार गर्न आवश्यक देखिएकाले सुधार नभएसम्मका लागि उक्त उद्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन् ।

उनले उक्त उद्योगबाट खाद्य ऐनअनुसार नमूना सङ्कलन गरी अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको बताउँदै आम उपभोक्तालाई पानीलगायतका खाद्य वस्तु खरिद गर्दा सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ४३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय