बीमा विधेयक र यातायात व्यवस्थापन विधेयक पारित गरिने « Khabarhub

बीमा विधेयक र यातायात व्यवस्थापन विधेयक पारित गरिने


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  दर्ता भएको चार वर्षपछि बीमा विधेयक पारित हुने भएको छ। २०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गर्ने सम्भावित कार्यसूची छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने उल्लेख छ।

बैठकमा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

साथै काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ।

हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : २३ बजे

काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो

बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

लमजुङमा ५४.७६ प्रतिशत मत खस्यो

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत

बर्दियामा ६१ प्रतिशत मतदान

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको

काठमाडौं–१ मा यसरी हुँदैछ मतगणना (तस्बिरहरू)

कामठाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ