डर र करले गठबन्धन भएको हो : रामचन्द्र पौडेल « Khabarhub

डर र करले गठबन्धन भएको हो : रामचन्द्र पौडेल


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन डर र कर दुवै भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।’

नेता पौडेलले अहिलेको आवश्यकता तालमेल गरेर नै चुनावमा जानुपर्ने रहेको बताए । ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।’

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय भइ नसकेको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको सुनाए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने पौडेलको भनाइ थियो । उनले भने, ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ। कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।’

कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध पनि गरे । उनले भने, ‘कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।’

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले पार्टीले निर्णय लिने कुरा भएकाले अहिले नै घोषणा गर्ने समय नभएको जवाफ फर्काए । कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए ।

उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोक्न नमिल्ने पनि बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ०३ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी