दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या « Khabarhub

दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा विश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् ।

प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका–१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगी हत्या पश्चात् शव बोराभित्र राखी भारत लगी छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।

उनीहरूले शवलाई ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेसन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : १५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी