एनआरएनए युरोप सम्मेलन : २५ देशका २५० प्रतिनिधि सहभागी हुने | Khabarhub Khabarhub

एनआरएनए युरोप सम्मेलन : २५ देशका २५० प्रतिनिधि सहभागी हुने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।

आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गर्ने एनआरएनए युरोप संयोजक चिन्तमणी सापकोटाले जानकारी दिए।

सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ। गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता,  नेपालमा लगानी, महिला तथा युवा, सम्पत्तिको अधिकार, नेपालमा पर्यटन प्रवर्द्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ।

सम्मेलनको अवसर पारेर युरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन्। सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ४३ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट