छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण « Khabarhub

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो। नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ।

नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित बताए। उनले भने, ‘यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो हो। ‘

साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले जनाए। ‘साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्’, उनले भने, ‘पढाइमा पनि छात्राले मेहेनत बढाएका छन्।’

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन्। यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन्। यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ।

‘छोरीहरू किशोरवयमै घरमा आमाको काममा सहयोगी पनि हुन्छन्, साइकलले छोरीहरूलाई घरको काम र विद्यालय आवतजावतको समय व्यवस्थापनमा पनि सहयोग पुर्‍याएको देखिन्छ’, मटिहानी–८ का बासिन्दा स्थानीय व्यापारी विजयकुमार साह भने, ‘अर्को महत्वपूर्ण पक्षचाहिँ छोरीले ‘हामै्र पढाइका लागि यो प्रबन्ध गरिएको’भन्ने कुरा बुझ्दैछन् जस्तो लाग्दैछ।’

छोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ५० बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई