जबराले नाम लिएका न्यायाधीश र अधिवक्तालाई महाअभियोग सिफारिस समितिले बोलाउने « Khabarhub

जबराले नाम लिएका न्यायाधीश र अधिवक्तालाई महाअभियोग सिफारिस समितिले बोलाउने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरूलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्र शमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।

यस्तै, पूर्व प्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ४८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको