खोटाङबाट राप्रपाका उम्मेदवार सिफारिस « Khabarhub

खोटाङबाट राप्रपाका उम्मेदवार सिफारिस


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रबिन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए।

यस्तै, प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन्। समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ।

प्रदेश सभा (ख)बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेबी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए।

मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको भेला एवं छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुंग्याएको हो। हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले जनाएको छ। अर्जुन संविधानसभा सदस्य पनि हुन्।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : २५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन