यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै « Khabarhub

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।

कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।

चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीन पटक नेपाल फाइनल पुगेर पनि भारतसँग निराश बन्दै आएको छ ।

नेपाल र भारत यस पटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३-१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६-० ले पराजित गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधैँ हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु