२०२६ सम्म नेपाललाई विकासाेन्मुख राष्ट्रमा स्तराेन्नति गर्ने याेजना छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

२०२६ सम्म नेपाललाई विकासाेन्मुख राष्ट्रमा स्तराेन्नति गर्ने याेजना छ : प्रधानमन्त्री


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्।

बुधबार काठमाडौँमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताए।

उनले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताए। वर्तमान सरकारले लगानीको वातावरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उनले आग्रह गरे ।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमुना परियोजनामा लगानी ल्याउने गरी लगानी बोर्डले काम गरिरहेको जानकारी दिए।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : २८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको