राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा  « Khabarhub

राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भइरहेको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भइरहेको हो ।

गत सोमबार चारदिने भ्रमणका लागि नेपाल आएका चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका हुन् । यसअघि बुधबार बिहान उनले भक्तपुर दरबार स्क्वयारको अवलोकन गरेका थिए ।

नेपाल  आएकै दिन सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका उनले मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।

सभामुख  सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३२ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको