'आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक' | Khabarhub Khabarhub

‘आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक’


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।’ हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने , ‘जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रूपबाट जोडिएका छन् ।’ पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उनको जोड थियो ।   

सहकारीले जनतालाई संगठीत गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताए । संस्थाका अध्यक्ष नवराज अर्यालले समाज रूपान्तरणको बलियो आधार सहकारी रहेको बताए । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३८ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री