‘आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक’ « Khabarhub

‘आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक’


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रूपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।’ हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने , ‘जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रूपबाट जोडिएका छन् ।’ पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उनको जोड थियो ।   

सहकारीले जनतालाई संगठीत गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताए । संस्थाका अध्यक्ष नवराज अर्यालले समाज रूपान्तरणको बलियो आधार सहकारी रहेको बताए । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३८ बजे

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली