गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत « Khabarhub

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन्।

बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उनले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताए।

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरू लगानी गर्न हिचकिचाइरहेको समेत बताए । उद्योग स्थापना र दर्ता प्रक्रिया समेत असहज हुनु र काम अनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मधेस सरकारका उद्योगमन्त्री सत्रुधन महतोले मधेसको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योगसहितका क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एउटा बजार केन्द्र खोल्नुपर्ने बताए।

जनकपुरधाम महानगरपालिकाका प्रमुख मनोजकुमार साह र घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउँदै दक्ष जनशक्तिका लागि पाठ्यक्रम र उचित तालिमहरूमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्तिसहितको स्रोतहरू सदुपयोग गर्न सकिए देशको विकास र समृद्धि सहज हुने धारणा राखे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : २९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल