गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत « Khabarhub

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन : मुख्यमन्त्री राउत


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन्।

बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उनले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताए।

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरू लगानी गर्न हिचकिचाइरहेको समेत बताए । उद्योग स्थापना र दर्ता प्रक्रिया समेत असहज हुनु र काम अनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मधेस सरकारका उद्योगमन्त्री सत्रुधन महतोले मधेसको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योगसहितका क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एउटा बजार केन्द्र खोल्नुपर्ने बताए।

जनकपुरधाम महानगरपालिकाका प्रमुख मनोजकुमार साह र घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउँदै दक्ष जनशक्तिका लागि पाठ्यक्रम र उचित तालिमहरूमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्तिसहितको स्रोतहरू सदुपयोग गर्न सकिए देशको विकास र समृद्धि सहज हुने धारणा राखे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : २९ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक