निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक « Khabarhub

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । 

१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ । 

लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तीर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ । 

सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ३४ बजे

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले