छोटो समयमा धेरै आम्दानी हुने भएपछि पाल्पामा अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दो « Khabarhub

छोटो समयमा धेरै आम्दानी हुने भएपछि पाल्पामा अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढ्दो


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तासेन- बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्‍याउनु विष्णु कार्कीको दैनिकी बनेको छ ।

पाल्पा रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन् । “एक लाखको खुर्सानी बेचेँ, अझै तीन लाख बढीको बाँकी छ ।” कार्कीले भने, “बाँदरले नखाने, छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकोले अकबरे खुर्सानी खेती गरेको हूँ ।”

बाँदरको हैरानी बेहोरेका यहाँका कृषकले बाँदरबाट छुटकाराको साथै आम्दानीसमेत वृद्धि गरेका छन् । कार्की तीन वर्ष विदेश बसेर फर्केका हुन् । “कोरोनाका कारण वैदेशिक रोजगारमा जान असहज भयो, गाउँमै कृषि गर्ने सोच आयो”, उनले भने । यो वर्षको उत्पादन राम्रो भएपछि कार्कीले आगामी वर्षका लागि तीन रोपनीबाट बढाएर सात रोपनीमा अकबरे खुर्सानी खेती गर्ने योजना बनाएका छन् । गाउँपालिकाका ग्रामीण वडाका सबैजसो घरमा अकबरे खुर्सानी रोपण गरिएको छ ।

एक रोपनीभन्दा बढी क्षेत्रफलमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या चार सय ४० छ । चैत महिनामा रोपिएको खुर्सानी अहिले सबैको बारीमा पाकेर रातै भएको दृश्य निकै मनमोहक देखिएको छ ।

खस्यौलीकी लक्ष्मी सुन्धौलीले दुई रोपनीमा लगाएको खुर्सानी पाक्न थालेको छ । “दुई हजार विरुवा लगाएकी थिएँ, तीन किलोको दरले फलेको छ”, लक्ष्मी भन्छिन्, “उत्पादन राम्रो भएको छ, छ हजार किलो बिक्री गर्छु ।”

बाँदर आतङ्कले हैरानी बेहोरेका यहाँका कृषकले वैकल्पिक खेतीको रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका हुन् । अन्नबालीलाई बाँदरले नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा गत वर्षदेखि पाल्पाका कृषकले अकबरे खुर्सानी लगाउन थालेका हुन् ।

यहाँका कृषकले कम्तीमा एक रोपनी र बढीमा १५ रोपनी जग्गामा खुर्सानी खेती गरेका छन् । पालिकामा मात्रै पाँच सय मेट्रिक टन खुर्सानीको उत्पादन गरिएको छ । पचास मेट्रिक टन बिक्री भइसकेको छ । रिब्दीकोट–४ भैरवस्थानकी मीना कार्कीलाई अकबरे खुर्सानी उत्पादन गर्नुभन्दा बेच्ने कसरी भन्ने चिन्ता थियो । “सबैले लगाउँदा लहलहैमा लगाइयो”, मीना भन्छिन्, “मकै लगाएको भए बरु पोलेर खान पाइन्थ्यो, खुर्सानी न पोलेर खानु, न उसिनेर ।” तीन रोपनी जग्गामा तीन हजार बोट खुर्सानी लगाएकी मीनालाई खुर्सानी पाकेपछि भने बेच्ने समस्या रहेन ।

अकबरे खुर्सानीको उत्पादन र बजारीकरण रिब्दीकोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालले गरेका हुन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार रिब्दीकोटको खुर्सानी बिक्रीका लागि यशोदा फुड प्रालिसँग सम्झौता भएको छ । साथै पोखरा, बुटवल, नारायणगढलगायतका ठूला बजारमा सञ्चालित विभिन्न अचार उद्योग तथा पसलमा खुर्सानी बिक्री भइरहेको छ । गाउँपालिकाले पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सामग्रीसहितको उद्योग स्थापना गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग समन्वय गरी प्राविधिक तालिम सञ्चालनपछि यहाँ खुर्सानी खेती सुरु गरिएको थियो । गाउँपालिकाको हावापानी खुर्सानीको लागि उपयुक्त हुने भएकाले आठ वटा वडामा पाँच हजार वर्गमिटर क्षेत्रफलमा नर्सरी व्यवस्थापन गरी खुर्सानी खेती गरिएको थियो ।

गाउँपालिकामा उत्पादित खुर्सानीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गरिएको छ । केन्द्रीय कृषि प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट नामक विषादीको रुकावटको मात्राको परीक्षण गरिएको हो । परीक्षणबाट कार्वामेट चार दलमलव ८५ प्रतिशत र अर्गानोफस्फेट आठ दशमलव २६ प्रतिशत रहेको छ । पैँतीस प्रतिशतभन्दा कम रुकावटको मात्रा आउने खुर्सानी खान योग्य मानिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : १५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल