काठमाडौँ महानगरले सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटायो « Khabarhub

काठमाडौँ महानगरले सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटायो


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा सञ्चालन गरेको पाइएकाले नगर प्रहरीको टोलीले हटाएको जानकारी दिए । सो क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा उक्त ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो ।

यस्तै, नगरप्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ । यसअघि आजै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाएको थियो ।

काठमाडौँ–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको जानकारी दिए । कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो ।

महानगरपालिकाले यसअघि न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृतरूपमा बनाइएका संरचना हटाइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : २७ बजे

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्

काठमाडौं – नेपाली कांग्रेसका पूर्व सांसद चन्द्र भण्डारीले महामन्त्रीद्वय गगनकुमार

गगनले आधिकारिकता पाएपछि देउवा पक्ष छुट्टै छलफलमा

काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्