कास्कीमा एक मतदानस्थल गाभियो, एक थपियो « Khabarhub

कास्कीमा एक मतदानस्थल गाभियो, एक थपियो


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की जिल्लामा एक मतदानस्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ । जिल्लामा पोखरा महानगरपालिका–३० स्थित सरस्वती आधारभूत विद्यालय मतदानस्थल सोही वडाको त्रिभुवन शान्ति माध्यमिक विद्यालयमा गाभिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका–१८ भकुण्डेस्थित शान्ता माविमा एक मदतानस्थल थपिएको छ । जिल्लामा कूल एक सय ५० मतदानस्थल रहेकामा एउटा गाभिएको र एउटा थपिएका कारण सोही सङ्ख्या नै यथावत रहेको उनले जानकारी दिएका हुन् ।

भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल निर्धारण गरिने कानूनी व्यवस्था छ । सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार किलोमिटरभन्दा बढी दूरी हुन नहुने प्रावधान छ । जिल्लामा हाल तीन सय ३६ मतदान केन्द्र रहेका छन् ।

यसअघिको स्थानीय निर्वाचनमा कास्कीमा कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार नौ सय ४० रहेकामा आसन्न निर्वाचनका लागि लगभग १० हजार सङ्ख्या थपिने जनाइएको छ । कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ४७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल