धादिङमा खानयोग्य जङ्गली वनस्पतिको वर्गीकरण | Khabarhub Khabarhub

धादिङमा खानयोग्य जङ्गली वनस्पतिको वर्गीकरण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धादिङमा बारीमा खेती नगरिने तर खानयोग्य वनस्पतिको वर्गीकरण गरिएको छ । यी वनस्पतिले पोषण सुरक्षाका लागि उल्लेख्य योगदान गरेको अध्ययनमा देखिएको छ ।

जर्मन सङ्घीय आर्थिक सहयोग र विकास मन्त्रालय तथा अन्य निकायको साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले उत्तरी धादिङको रुबिभ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकमा गरेको अध्ययनले एक सय ७० प्रजातिका जङ्गली खानयोग्य वनस्पतिको पहिचान र वर्गीकरण गरेको हो । अध्ययनका क्रममा दुई सय ५७ प्रजातिका नामावली सङ्कलन गरेको थियो ।

स्थानीय बासिन्दाले वर्षभरि उपभोग गर्ने मसलामा १३ दशमलव छ प्रतिशत, तरकारीमा १७ दशमलव दुई प्रतिशत र फलफूलमा १९ दशमलव छ प्रतिशत तौलको आधारमा जङ्गली वनस्पतिको योगदान रहेको अध्ययनले देखाएको छ । यस क्षेत्रका नागरिक ८८ प्रतिशतले आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको देखिएको छ ।

ग्रामीण दुर्गम स्थानका गरिब र सीमान्तकृत समुदायका लागि जङ्गली खानयोग्य वनस्पति खाद्य तथा पोषण सुरक्षा, आयआर्जन, र जीविकोपार्जन गर्ने प्रमुख आधार देखिएकाले संरक्षण, व्यवस्थापन र निरन्तर उपलब्धताका लागि स्थानीय सरकार, समुदाय र जीविकोपार्जन गर्नेको ध्यान जान जरुरी देखिएको छ ।

निगुरो, फापरे साग, खोले साग, अल्लो, सिस्नो आदिलाई गरिबले तरकारीको रुपमा छाक टार्ने वनस्पतिको रुपमा रहेको छ । यी वनस्पति सजिलै पाइन्छन् । सिस्नो, टिमुर र चिप्लेलाई स्थानीयवासीले औषधिको रुपमा समेत प्रयोग गर्दै आएका छन् । ओखर, बाँको, च्याउ, सिस्नोलाई प्रशोधन गरेर पछिका लागि भण्डारण गर्ने गरिएको छ ।

लिबर्डका कृषि तथा प्राकृतिक श्रोत व्यवस्थापन अधिकृत शम्भु बस्नेतका अनुसार बारीमा फलाइने, किनेर प्रयोग गरिने तरकारीको तुलनामा जङ्गली वनस्पतिले १४ देखि १८ प्रतिशतसम्म योगदान गरेको छ । यसको संरक्षण, नयाँपुस्तामा ज्ञानको हस्तान्तरण हुनुपर्ने उनको भनाइ छ ।

वनस्पतिको नाम, विशेष गुण, प्रयोग विधि आदिबारे समुदायस्तरमा छलफल र अभिलेखीकरण गरेर राख्नुपर्ने देखिएको छ । बीस प्रतिशत योगदान रहेको वनस्पतिको संरक्षणमा ध्यान दिनुपर्ने तथा खानामा विविधीकरण गरेर खानेबानीको विकास गर्न अध्ययनले सुझाव दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ५७ बजे

चार बुँदे माग राखेर मिटरब्याज पीडित माइतीघरमा धर्नामा (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिइरहेका छन् ।

पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका

काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म

संखुवासभाको शैक्षिक पूर्वाधार विकासमा मन्त्री खड्काद्धारा शिक्षामन्त्री पन्तसँग भेट 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा

सामाजिक सञ्जाल बन्द भएपछि युट्यूबर विरोधमा, देशभर आन्दोलन गर्ने

काठमाडौँ – सरकारले विद्युतीय सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युट्यूबरहरूको

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री