लागूऔषधसहित लमजुङमा दुई युवा पक्राउ « Khabarhub

लागूऔषधसहित लमजुङमा दुई युवा पक्राउ


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलका अनुसार सुन्दरबजार नगरपालिका ७ मा पर्ने लमजुङ प्रवेश गर्ने मुख्य नाका पाउँदीबाट बेसीसहर नगरपालिका १० का २१ वर्षीय सुमन तामाङ र मर्स्याङ्दी गाउँपालिका ८ का २३ वर्षीय दीपक गुरुङलाई पक्राउ गरेको हो ।

नारायणगढबाट बेंसीसहर आउँदै गरेका उनीहरू शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट डाइजेपाम एम्पुल–४७, फेनरगन एम्पुल–४७ र नुफिन एम्पुल–४७ गरी कूल १४१ एम्पुल लागूऔषध र ४ थान सिरिन्ज बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउमा परेका सुमन तामाङ र दीपक गुरुङ उपर बुधबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा–१४ को उपदफा–१ (झ) बमोजिम लागूऔषध कारोबार गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ४६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य