सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र « Khabarhub

सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ।

आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्।

दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा परेको छ। यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन्।

मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ।

तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ। यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ। यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन्।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन्। उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन्।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।

छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ३१ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको