सुनसरीमा ९४ जनाको उम्मेदवारी « Khabarhub

सुनसरीमा ९४ जनाको उम्मेदवारी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इनरुवा– आउने मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाअन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सार्वजनिक गरेको नामावलीमा प्रतिनिधिसभामा ती उम्मेदवारी कायम भएको हो । सुनसरी क्षेत्र नं १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धबाट नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)–जसपाको तर्फबाट जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईलाई उम्मेदवार बनाएको छ । 

जनमत पार्टीले फत्तबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । त्यसैगरी किरात खम्बुवान साझा पार्टीले देवीबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनले प्रेमबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी नेपालले मङगलसिंह लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीेले गोमा तामाङलाई उम्मेदवार बनाएको छ । स्वतन्त्रबाट कृष्णकुमार राई, तर्कबहादुर मगर, मनोजकुमार मेयाङ्बो, जीवनकला राई, कुमार कार्की, वासुप्रसाद उपाध्याय, विजयकुमार राई, सञ्जयकुमार राई, मातृकाप्रसाद भट्टराई, कुलबहादुर लिम्बू र करुणा राई उम्मेदवार छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा (एमाले) ले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका सीताराम मेहतालाई उम्मेदवार बनाएको छ । राप्रपाले दिनेशकुमार बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुमताज मियाँ, जनमत पार्टीले रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीले रोहितकुमार दुलाल, हाम्रो नेपाली पार्टीले राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीले दीपकराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले रामेश्वर साहु हल्वाई, मङ्गोल नेशनल अर्गनाइजेसनले पूर्णबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नैनकुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीले नुनुराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले शोभावतीकुमारी चौधरी, विवेकशील साझा पार्टीले विजयकुमार बस्नेत, जनसमाजवादी पार्टी नेपालले गजेन्द्रबहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट ललनकुमार मेहता, शर्मानन्द खतिवडा, विदुरप्रसाद पौडेल, चेतनाथ पौडेल, बविता नुन्दी, मनोजकुमार मेहता, सुरेशकुमार मेहता, श्रवणकुमार मेहता, फरेन्द्र शाह, बाबुराम सुवेदी र प्रेमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी क्षेत्र नं ३ मा एमालेबाट भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारले उम्मेदवारी दिएका छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवनारायण यादव (सिपलिया), मौलिक जरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टीका यज्ञबहादुर कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी रिषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्दिन मियाँ, कांग्रेस (बिपी) का अम्बरबहादुर राउत, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका कुन्दन बहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पनि उम्मेदवारी दिएका छन् । 

त्यसैगरी स्वतन्त्रबाट किशोरकुमार विश्वास, कासनी थरुनी, फागु यादव, गङ्गाकुमारी खरेल, मुकेशप्रसाद ढकाल, सज्जन ऋषिदेव, सुधादेवी उराँवनी, कुमारी उरावँ, स्मित कार्की, सुमनकुमारी चौधरी र सहिमुद्दिन मियाँले उम्मेदारी दिएका छन् ।

यसैगरी क्षेत्र नं ४ बाट एमालेका जगदीशप्रसाद कुसियैत, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीका अर्जुनप्रसाद भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कुञ्जीलाल यादवले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी जनमत पार्टीका देवराम यादव, जनता प्रगतिशील पार्टी नेपालका गुलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कुमार राई, नेपालका लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सत्यनारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहमद सदिक मियाँ, एकीकृत शक्ति नेपालका गोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै स्वतन्त्रबाट समिर मंसुरी, धिरज वर्मा, केशव उराँव, फेकन दास मोची, विद्यानन्द प्रसाद साह, खालिद हुसेन हक, श्याम प्रसाद ढकाल, केशव कार्की, डील्लीबहादुर बिष्ट, मनोजकुमार मण्डल, बालेश्वर यादव र अब्दुलजब्बार अंसारीले उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : २१ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६