जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार « Khabarhub

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । 

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।   

कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए। सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ४७ बजे

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले