जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रुपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : १४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं