उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढ्यो | Khabarhub Khabarhub

उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढ्यो


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कावासोती– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित भएका थिए ।

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् भने क्षेत्र नं १ को ‘ख’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’ मा सत्ता गठबन्धनबाट नेकपा एसका डा. गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि नवलपुरमा मतदाताको सङ्ख्या दुई लाख ६० हजार चार सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा सदस्यको  निर्वाचन क्षेत्र रहेको जिल्लामा एक लाख २४ हजार तीन सय ३६ पुरुष, एक लाख ३६ हजार एक सय २१ महिला र अन्य चार मतदाता रहेका निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा जनाइएको छ ।

आयोगका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ र प्रतिनिधिसभा क्षेत्र नं २ मा ६१ हजार सात सय ४० पुरुष र ६७ हजार पाँच सय ३७ महिला र अन्य तीन जना गरी एक लाख २९ हजार दुई सय ८० मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा ३० हजार चार सय ५५ पुरुष, ३३ हजार ०८० महिला गरी ६३ हजार पाँच सय ३५, प्रदेशसभा १ ‘ख’ मा ३२ हजार एक सय ४१ पुरुष, ३५ हजार पाँच सय चार महिला र अन्य एक गरी ६७ हजार छ सय ४६ मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशसभा २ को ‘क’ मा ३० हजार नौ सय ४३ पुरुष, ३३ हजार पाँच सय ७४ महिला र अन्य एक गरी ६४ हजार पाँच सय १८, प्रदेशसभा २ को ‘ख’ मा ३० हजार सात सय ९७ पुरुष, ३३ हजार नौ सय ६३ महिला र दुई अन्य गरी जम्मा ६४ हजार सात सय ६२ मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगले जिल्लामा आगामी निर्वाचनका लागि एक सय १३ मतदानस्थल र तीन सय दुई वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

६८ जना उम्मेदवार

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपुरमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जनाले उम्मेदवारी फिर्ता गरेपछि उम्मेदवारी दिनेको सङ्ख्या ६८ जना पुगेको छ । दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ५० बजे

कोपा अमेरिका : ब्राजिलको फराकिलो जित

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन वृद्धि गरिन्छ : प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग

गुल्मी पहिरो अपडेट : एकै घरका पाँचजनाको मृत्यु

गुल्मी– गुल्मीमा पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ

धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे (तस्बिरहरू)

काठमाडौं– असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको