अंश, वंश र अर्थको भरमा राजनीति चल्न दिन्नौं : कोइराला | Khabarhub Khabarhub

अंश, वंश र अर्थको भरमा राजनीति चल्न दिन्नौं : कोइराला


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताएका छन् । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३० वर्षे राजनीतिक यात्रालाई दाउमा राखेर विकृत प्रथाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध बागी उम्मेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । बोल्न सुरु गरेपछि भावुक बनेका उनले आफ्नो उम्मेदवारी बागी र विद्रोही भन्दा धेरैमाथि भएको बताएका छन् ।

गठबन्धन देश विकासको निम्ति नभई सीमित परिवारका लागि मात्रै भएकोले आफू त्यो बाटोमा जान नसकेको उनले बताए । ‘४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइन, जति अहिले रुँदै छु’, उनले भने, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भएको छु ।’

एक सांसदको लागी मात्र उम्मेदवारी नदिएको भन्दै उनले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताए । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् ।

अहिलेको परिवेशमा कांग्रेस र एमाले देशको वर्तमान र भविष्य भएको उनले दाबी गरे । यी दुई पार्टीलाई सही बाटोमा नहिँडाई देश ठिक बाटोमा हिँड्न नसक्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधार्नुपर्ने बताए ।

‘सीमित परिवारका लागि मात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उनले भने । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उनको दाबी छ । ‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरूले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब सांसदलाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, उनले भने, ‘यसको अगुवाइ चितवन क्षेत्र नम्बर ३ का जनताले गर्नेछन् ।’

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ०४ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती