‘गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन’  « Khabarhub

‘गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन’ 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदैनभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।

‘म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो’, अध्यक्ष दाहालले भने, ‘यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।’ उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जित सुनिश्चित भएको ठाउँ भएको बताए ।

 ‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो’, अध्यक्ष दाहालले भने, ‘माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौँ तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।’ अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : १७ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका