नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा भएको महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच आज भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको छ ।

सशस्त्र प्रहरीले प्रदेश नं १ लाई ७–१ गोल अन्तरले पराजित गरेको हो । सशस्त्रको जितका लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरिन् । उनले खेलको २२, ४०, ४५, ५१, ५८ र ६५ मिनेटमा गोल गरेकी हुन् । ६०औँ मिनेटमा अनिता केसीले सशस्त्रका लागि एक गोल गरिन् । सावित्राले पहिलो गोल गरेको दुई मिनेटमै प्रदेश नं १ की अञ्जना थुलुङ्गे राईले एक गोल गरेकी थिइन् । 

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ । गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन् । उदया थापाले दुई गोल गरिन् । उनले प्रतियोगिताको ५८औँ र ६६औँ मिनेटमा दोस्रो र तेस्रो गोल गरेर जित सुनिश्चित गरेकी हुन् ।

अन्तिम प्रतियोगिता सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । मधेस प्रदेश हिजो त्रिभुवन आर्मी क्लबसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशसहित सात वटा प्रदेशबाट एक/एक टिम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबको एक टिम गरी कूल १० टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङले बताए । शनिबार तीन वटा प्रतियोगिता हुने छ । भोलि पहिलो प्रतियोगिता सशस्त्र प्रहरी र कर्णाली प्रदेश, दोस्रो प्रतियोगिता गण्डकी प्रदेश र प्रदेश नं १, तेस्रो बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : २५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली