रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका | Khabarhub Khabarhub

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

राँझा- रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार नौ सय ९५ महिला तथा बालबालिकालाई परामर्श दिएको संस्थाका जिल्ला संयोजक निर्मल सुवेदीले जानकारी दिए।

उनका अनुसार साउनमा आठ सय पाँच, भदौमा सात सय १८ र असोजमा चार सय ७२ असुरक्षित तथा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिइएको हो । यसमा अधिकांश अविवाहित रहेका छन् । एक हजार चार सय ९४ अविवाहित तथा बालबालिका रहेका छन् ।

नेपालगञ्ज नाकामा अन्य सामाजिक सङ्घ संस्थाले समेत जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिने गरेका छन् । यो तीन महिनाको अवधिमा शान्ति तथा पुनः स्थापना केन्द्रले ७० जनाको उद्धार गरेको छ ।

त्यसमध्ये ४७ लाई अभिभावकको जिम्मा लगाइएको र २३ जनालाई प्रहरीको सहयाेगमा परिवारको जिम्मा लगाइएको संयोजक सुवेदीले जानकारी दिए ।

शान्ति तथा पुनः स्थापना केन्द्र बाँकेमा बितेका तीन महिनामा खोजतलासका लागि ६३ निवेदन परेका छन् । यो समयमा रोजगारीका लागि भारतका विभिन्न सहर जान हिँडेका अधिकांश महिला तथा बालबालिका जोखिमपूर्ण अवस्थामा भेटिने गरेको केन्द्रका क्षेत्रीय संयोजक भूमि भट्टराईले बताए ।

उनले नेपाल प्रहरीसँगको समन्वयमा जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकालाई आवश्यक परामर्श र उद्धारका कार्य गर्ने गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ०८ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका