निर्वाचन नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै | Khabarhub Khabarhub

निर्वाचन नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मधुवन– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताको जमघट चोक चौराहामा चुनावी रौनक बढेको छ । मतदातामा दल र उम्मेदवारका एजेन्डाका विषयमा बहस र छलफल चल्ने गरेको छ ।

 जिल्लाको मधुवन नगरपालिका-४ बस्ने छोट्की सोनाहाका राजबहादुर चौधरी वर्षौँदेखि जङ्गली जनावर हात्तीलगायत  भित्र्याउन तयार भएको अन्नबाली नोक्सान गर्ने  र दुःख दिने जङ्गली जनावरको समस्या समाधान गर्नेलाई भोट दिने बताउँछन् । मधुवन नगरपालिका वडा नं.३ बस्ने भग्रैयाका रामबहादुर केसीले सीमावर्ती क्षेत्रमा रहेको गाउँ बस्तीमा जङ्गली जनावर हात्ती र बाघले धेरै दुःख दिने गरेको बताउँदै समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई मत दिने बताए। 

दुई  प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बर्दिया निर्वाचन क्षेत्र नं १ मा मतदाता सङ्ख्या एक लाख ६२ हजार ६ सय ६२ मतदाता रहेका छन् ।

बर्दिया निर्वाचन प्रतिनिधिसभा क्षेत्र नं २ मा मतदाता सङ्ख्या एक लाख ५२ हजार ६ सय २२ मतदाता रहेका छन् । बर्दिया निर्वाचन क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री सञ्जय गौतम, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार रहेका छन्  । यस क्षेत्रमा गौतम र एमाले केन्द्रीय सदस्य ज्ञवालीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

बर्दिया निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार सुरेश पन्थ लोकतान्त्रिक वाम-गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सुरेश पन्थ, नेपाल कम्युनिस्ट पार्टी  एमाले वाट उम्मेदवार पङ्कज सिंह राठौर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल  र नागरिक उन्मुक्ति पार्टीका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ११ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको