क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी « Khabarhub

क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा- डा. सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मोरङ  क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहेका शर्माले मानवबस्तीमा सञ्चालित उद्योगबाट उत्सर्जन हुने रसायनका कारण क्यान्सर जस्ता प्राणघातक रोगको सङ्क्रमण बढेको बताए । उनले आफू निर्वाचित भए यस्तो समस्या समाधानमा केन्द्रित हुने बताए ।

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए। उनले स्थानीय जनताले अनुभूत गर्नेगरी विकास गर्ने समेत प्रतिबद्धता जनाए । लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पुर्‍याउने गरेको क्षति आफूले भोगेको भन्दै उनले आफू निर्वाचित भए तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

साथै बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनको भनाइ छ । आफू स्वास्थ्य क्षेत्रको जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी आफूले गर्ने दाबी गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : २३ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति