क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी « Khabarhub

क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा- डा. सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मोरङ  क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहेका शर्माले मानवबस्तीमा सञ्चालित उद्योगबाट उत्सर्जन हुने रसायनका कारण क्यान्सर जस्ता प्राणघातक रोगको सङ्क्रमण बढेको बताए । उनले आफू निर्वाचित भए यस्तो समस्या समाधानमा केन्द्रित हुने बताए ।

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए। उनले स्थानीय जनताले अनुभूत गर्नेगरी विकास गर्ने समेत प्रतिबद्धता जनाए । लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पुर्‍याउने गरेको क्षति आफूले भोगेको भन्दै उनले आफू निर्वाचित भए तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

साथै बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनको भनाइ छ । आफू स्वास्थ्य क्षेत्रको जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी आफूले गर्ने दाबी गरे ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : २३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।