प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् ः वरिष्ठ नेता पौडेल « Khabarhub

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् ः वरिष्ठ नेता पौडेल


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए ।

“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, वरिष्ठ नेता पौडेलले भने, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए ।

“हँसिया हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उनले भने, “रुखले हँसिया हतौडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस् यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।” प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्न सक्ने उनको दाबी छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : १७ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा